५० हजार युवालाई नेतृत्व बिकास र सामाजिक सेवामा लगाउने योजना रहेको शेर्पाको भनाई
भिषण क्षेष्ठ
लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमति प्रदेशले बुधबार धादिङबेसीमा आयोजना गरेको आदीबासी जनजाती भेटघाट कार्यक्रमका आदीबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको हो ।
युवाहरु नाराजुलुस, धर्ना, नेपाल बन्द जस्तो कार्यमा लाग्न नहुने भन्दै महासंघका अध्यक्ष शेर्पाले राजनीतिक रुपमा सचेत बनाउँदै नेतृत्व विकास गर्ने, सामाजिक सेवा र विकासमा लाग्न प्रेरित गर्ने, जिवन जिउने कलाबारे उत्प्रेरणा दिने तालिम दिने कार्यक्रम रहेको स्पष्ट पार्नुभयो । हरेक जिल्लामा एक सय जना १८ देखि ३५ वर्षभित्रका युवा सहभागि भएपछि यस किसिमको तालिम निशुल्क संचालन गर्ने र देशभरका ५० हजार युवालाई एउट विद्युतिय संजाल (वेभ नेटवर्क) मा आवद्ध गरि सकारात्मक रुपमा विकास र समृद्धिमा लगाउने योजना रहेको शेर्पाले बताउनुभयो ।
आदीबासी युवाहरुको स्वयंसेवक बनाउने अभियानको सुरुवात गर्न धादिङबेसीमा गरिएको भेटघाट कार्यक्रमको अबसरमा किरण श्रेष्ठको संयोजकत्वमा राजनीतिक दलको कुनैपनि कमिटिमा नबसेका १५ सदसिय स्वयंसेवक कार्यदल गठन गरिएको लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमतिका अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो ।
Post Comment