Loading Now

एक साता पछि भेटिए धादिङबाट हराएर तीन जना बालिका

धादिङबाट साउन २३ गतेदेखि हराईरहेका बालिकाहरु साउन  २८ गते सोमबार बाग्लुङमा भेटिएको थियो ।

सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनिहरु धादिङबेसीबाट सम्पर्क विहिन बनेका थिए ।

२ जना वालिकालाई होटलबाट र एक जनालाई ग्रामिण भेगबाट बाग्लुङ प्रहरीले सुरक्षित उद्दार गरेको थियो । बालिकाहरु एक साता पछि बागलुङमा भेटिएका रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई मंगलबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले देशैभरका प्रहरी कार्यालय, बोर्डर आसपासका क्षेत्रहरुमा जानकारी गराउनुका साथै सादा पोशाकका प्रहरीहरु परिचालन गरेको थियो ।

बालिकाहरु बाग्लुङ सम्म कसरी पुगे भन्ने कुराको अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

Post Comment